शिशुको जीवनदान हो, स्तनपान

शिशुको जीवनदान हो, स्तनपान
सांकेतिक तस्बिर।
सुन्नुहोस्

जन्मने बित्तिकै नवजात शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्नुपर्छ । यस्तो गर्नाले शिशुलाई न्यानो महसुस हुनका साथै यसले बिगौती दूध आउनमा मद्दत गर्छ । बच्चाको बौद्धिक विकास पनि राम्रोसँग हुन्छ ।

अपरेसन गरेर शिशु जन्माएकी आमाले पनि अरूको सहयोगमा शिशु जन्माएको एक घण्टाभित्रै स्तनपान गराउन सक्छिन् । आमाले सही आसनमा राखेर स्तनपान गराएमा दूध राम्रोसँग आउन मद्दत गर्छ । नवजात शिशुलाई दिउँसो र राति गरी कम्तीमा १० देखि १२ पटक स्तनपान गराउनु पर्छ । शिशुले एकतर्फको स्तन पूरै चुसिसकेर आफंै छोडेपछि बल्ल अर्को स्तन चुसाउन लगाउनु पर्छ । 

शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिना पूरा भएसम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्छ । ६ महिना पूरा भएपछि थप पोषिलो र नरम खाना खुवाउनुका साथसाथै कम्तीमा दुई वर्षको उमेरसम्म स्तनपान पनि गराउनु पर्छ । 

स्तनपान गराइरहेकी आमाले साबिकभन्दा दुई पटक थप पोषिलो खाना विशेष गरेर आइरनयुक्त तथा पशुपन्छीजन्य खानेकुराहरू, फलफूलका साथै ज्वानोको झोलजस्ता खानेकुरा खुवाउनु पर्छ । 

यी संकेत देखाएमा शिशुले स्तनपान गर्न चाहेको भन्ने कुरा आमाले बुझ्नु पर्छ

  • शिशु चल्मलाउने/छटपटाउने गरेमा ।
  • मुख आँ गरी टाउको यताउता गर्न थालेमा ।
  • जिब्रोलाई पटक पटक भित्र—बाहिर गर्न थालेमा ।
  • औंला वा मुट्ठी चुस्न थालेमा ।
  • रोइरहेको बेलामा ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.