ओलम्पिक कमिटी विवाद

ओसिएको कारबाहीमा परेका श्रेष्ठ र राजकर्णिकार तदर्थ समितिको सदस्य

ओलम्पिक कमिटी विवाद
सुन्नुहोस्

काठमाडौं : ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को कारवाहीमा परेका निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारलाई समावेश गरेर नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । एनओसीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा गठित तदर्थ समितिमा ओसिएले कारबाही गरेका श्रेष्ठ र राजकर्णिकारसमेत रहेको पाइएको हो । श्रेष्ठ नेपाल ट्रायथलन र राजकर्णिकार नेपाल घोडचढी संघका अध्यक्ष हुन् ।

गत साउन २७ गते नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिएको भन्दै समियामियाँ अन्सारीले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका थिए । उनले एनओसीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी दिए पनि सदस्यको नाम भने गोप्य राखेका थिए । तदर्थ समितिले नौ सदस्यीय कमिटीको नाम बिहीबार आयोजित पत्रकार सम्मेलनमा मात्रै सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक गरिएको तदर्थ समितिमा श्रेष्ठ र राजकर्णिकारसँगै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, नेपाल कुस्ती संघका उपाध्यक्ष समिममियाँ अन्सारी, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा र अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाल छन् । 

ओसिएको इथिक्स कमिटीले निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारलाई मे १८ तारिखदेखि लागू हुने गरी ९० दिनका लागि कारवाही गरेको थियो । निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारलाई गरिएको ९० दिनको कारवाही भदौ १ गते आइतबारबाट मात्रै सकिएको थियो । त्यसपछि बिहीबार पत्रकार सम्मेलन गर्दै तदर्थ समितिले आठ सदस्यको नाम सार्वजनिक गरेको हो । 

उनीहरूलाई ओसिएका कुनै पनि किसिमका काममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध गरिएको थियो । ओसिएका इथिक्स कमिटीका प्रमुख देवन्द्रनाथ सरान्गीले हस्ताक्षर गरेको पत्रमा उनीहरूले एनओसी र नेपाली खेलाडीको हितविपरित काम गरेको, एनओसी र ओसिएसँगको सम्झौता अनुसारको जिम्मेवारी निर्वाह गर्न नगरेको र ओसिएको निर्देशनको पालनमा नगरेको आरोप लगाएको थियो ।null

तदर्थ समितिका सदस्य एवं प्रवक्ता अन्सारीले निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारलाई दुःख दिनकै लागि ओसिएबाट कारवाही गराएको जिकिर गर्दै त्यसको कुनै औचित्य नभएको बताए । 

‘त्यसको कुनै औचित्य छैन र त्यसको सत्यता पनि छैन । कारवाही नै गरेको भए पनि चाँडै फुकुवा हुन्छ’, प्रवक्ता अन्सारीले भने, ‘उहाँहरूले गलत काम गर्नु भएको छैन । ओसिएले कारवाही गरेको भए पनि चाँडै फुकुवा हुन्छ ।’ उनले श्रेष्ठ र राजकर्णिकारको कारवाही फुकुवा हुनुअघि नै तदर्थ समितिको बैठक बसेर उनीहरूलाई सदस्य बनाइएको स्पष्ट पारे । ‘त्यो कुनै कारवाही नै होइन । उनीहरूलाई दुःख दिन मात्रै कारवाहीको हौवा चलाइएको हो’, प्रवक्ता अन्सारीले भने, ‘उहाँहरू धेरै अगाडिदेखि हामीसँगै हुनुहुन्छ । बैठकमा सहभागी भइरहनु भएको छ । माइन्युटमा पनि हस्ताक्षर गर्दै आउनु भएको छ ।’

तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीमा आवद्ध २७ मध्ये २३ संघ आफ्नो पक्षको रहेको दाबी गरेको थियो । तर, उनीहरूले दाबी गरेको २७ संघमा नेपाल घोडचढी संघ छैन । 

तर, सदस्य नै नरहेको संघका अध्यक्ष रवि राजकर्णिकारलाई भने तदर्थ समितिको सदस्यसँगै अन्तर्राष्ट्रिय सम्बन्ध विकास तथा समन्वय उपसमितिको अध्यक्ष पनि बनाइएको छ । तदर्थ समितिका प्रवक्ता अन्सारीले राजकर्णिकारले ओलम्पिक कमिटीमा सदस्यताको माग गर्दै मुद्दा दायर गरेको र त्यो मुद्दा अदालतमा अहिले पनि विचाराधीन हरेकोले तदर्थ समितिको सदस्य बनाएको बताए ।

‘उहाँले सदस्यता माग गर्दै दायर गरेको मुद्दा अहिले पनि विचाराधीन छ । अरुले मुद्दा फिर्ता लिए पनि उहाँले फिता लिनु भएको छैन । त्यही कारण उहाँलाई पनि यो अभियानमा सहभागी गराएका हौं’, अन्सारीले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.