रुपन्देहीमा विद्युतीय भेप बरामद

रुपन्देहीमा विद्युतीय भेप बरामद
सुन्नुहोस्

भैरहवा : रुपन्देही प्रहरीले ठुलो परिमाणमा विद्युतीय भेप बरामद गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारबाट लाखौँ मूल्य बराबरको विद्युतीय भेप बरामद गरिएको जनाएको हो।  

लु२च ६३०३ नम्बरको गाडी चेकजाँच गर्दा १ करोड ७१ लख २५ हजार मूल्य बराबरको बिल बिजक नभएको विद्युतीय भेप लगायतका सामग्री नियन्त्रणमा लिइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए।

यस्तै गाडी चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँलाई पनि पक्राउ गरिएको उनले बताए। उनका अनुसार बरामद सामग्रीमा विभिन्न कम्पनीको १ हजार ३ सय ५० थान (२७ कार्टुन) फ्लेभर, विभिन्न ब्राण्डको विद्युतीय भेप ५ हजार ९ सय ६१ थान, प्लास्टिक प्याक गर्ने मेसिन एक थान लगायतका रहेको छ।

बरामद सामग्री, गाडी र चालकउपर अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.