विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस
सुन्नुहोस्

काठमाडौं : विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ।

शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेको हो। समितिले सरोकारवालाहरूको माग, सरकारले शिक्षकहरूसँग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए।

सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका विषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ। उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट वञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको पनि धारणा राखे।

सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दबाब आए पनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दबाबलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर गरे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.