प्रभु साहका पार्टीका वरिष्ठ उपाध्यक्ष साह एमालेमा प्रवेश

प्रभु साहका पार्टीका वरिष्ठ उपाध्यक्ष साह एमालेमा प्रवेश

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साहसहितलाई ओलीले पार्टी प्रवेश गराएका हुन्। त्यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू एमालेमा प्रवेश गरेका थिए। 

अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आकामा धन्यवाद दिए। 'हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौं। अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईँहरू मुक्त हुनुभएको छ। हामी एमालेको ठूलो परिवार भएर लागौं। मिलेर देश बनाउँ। गलत काम नगरौं,' ओलीले भने। 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुने/नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, 'अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ। खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो। हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन। उहाँले बाहिर बाहिर बोल्नुभएको छ। पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन। पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।'

कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेको अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको बताए। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.