विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : केपी ओली

विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : केपी ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएकाले परित्याग गरेको सदस्यता नवीकरण नहुने स्पष्ट पारे। आफूले भण्डारीको पार्टी सदस्यता खोस्यो भन्ने आरोपमा सत्यता नरहेको उनले बताए। 

पार्टी सदस्यता नवीकरणका लागि रसिद समेत काटेको भण्डारीको दाबीप्रति अध्यक्ष ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण नहुने टिप्पणी गरे। पूर्वराष्ट्रपति भण्डारीले चुनाव हारेकाहरूलाई भेला गरेर जमात खडा गर्दै हिँडेको उनको भनाइ छ। उनले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको जिकिर गरे। ओलीले  मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि कार्यालय खोल्दै पार्टीविरुद्ध भेला गरेर बसेको देखिएको बताए।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश विकासको बाटोमा अघि बढिरहेको बताए। उनले पार्टीमा प्रवेश गरेकाहरूलाई कुनै न कुनै जिम्मेवारी दिने बताए। कार्यक्रममा ओलीले आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.