रुपन्देहीमा भदौ १४ गतेदेखि लिस्नु कप फुटबल

रुपन्देहीमा भदौ १४ गतेदेखि लिस्नु कप फुटबल
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहावामा अगामी भदौ १४ गतेदेखि नकआउट फुटबल प्रतियोगताको आयोजना गरिएको छ। 

आयोजक लिस्नु युवा क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबको रजत जयन्तीको अवसर विभिन्न २५ कार्यक्रमका साथै प्रत्येक वर्ष गरिँदै आएको फुटबल प्रतियोगिताको विषयमा जानकारी गराएको छ। प्रतियोगिताको २३ औं संस्करण भदौ १४ गते देखि भदौ २७ गतेसम्म पशुपति माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन हुने आयोजकले जनाएको छ। 

प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब, झरना स्पोर्टस् क्लब, फर्साटिकर एफसी, भैरहवा अञ्चलपुर युवा क्लब, सम्पूर्ण युवा क्लब, अभिषेक चर्च, गोर्खा बोइज, देवदह बोइज, वालिङ्ग-११, पाल्पा-११, नवलपरासी-११ र कपिलवस्तु-११ गरी कुल १२ टिमको सहभागिता रहने खेल संयोजक पदम बहादुर थापाले बताए।

प्रतियोगिता ९ ए साइड को रहनेछ। विगतका दिनमा ५ सय जना दर्शकमात्र व्यवस्थित साथ प्यारफिटमा बसेर हेर्ने व्यवस्था भएतापनि यस वर्ष ८ सय जना दर्शक व्यवस्थित साथ बसेर हेर्ने व्यवस्था मिलाइएको क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए। यद्यपि करिब ३ हजार जना दर्शकले खेल अवलोकन गर्दै आइरहेको उनको भनाइ छ।

कुल १२ वटा टिमको सहभागिता रहने यस प्रतियोगितालाई विगतको भन्दा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको क्लबका अध्यक्ष तीर्थराज मल्लले बताए। उनका अनुसार विगतका वर्षहरू भन्दा प्रथम, द्वितीय र विधागत पुरस्कारका राशीहरू पनि बढाइएको छ।

प्रतियोगिताको विजेता टिमले ४ लाख ४ हजार ४४४ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए। 

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्ताले  १२ हजार ५ सय, राइजिङ खेलाडीले १२ हजार ५ सय प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीले  ५ हजार र अनुशासित टिमले आकर्षक ट्रफी प्राप्त गर्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.