पूर्वराष्ट्रपति राजनीतिमा फर्किन खोज्नु गणतन्त्रमाथि खतरा : शंकर पोखरेल

पूर्वराष्ट्रपति राजनीतिमा फर्किन खोज्नु गणतन्त्रमाथि खतरा : शंकर पोखरेल
सुन्नुहोस्

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन्। दाङमा भएको कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपति पार्टीमा फर्केर राजनीति गर्न खोज्नु गणतन्त्रका लागि खतरा रहेको बताएका हुन्। 

उनले भने,ʻसंविधानको संरक्षक हो। सेनाको परमाधिपति भइसकेको व्यक्ति हो। उहाँ सक्रिय राजनीतिमा फर्किँदा गणतन्त्रप्रति नै अविश्वास पैदा गर्छ।ʼ 

महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किँदा गणतन्त्रप्रति आस्था गुम्ने र अनास्था  फैलिने खतरा बढ्ने टिप्पणी गरे। माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको उनले बताए। 

माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र कांग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.