भक्तपुरका अधिकांश पसल बिनादर्ता सञ्चालनमा

भक्तपुरका अधिकांश पसल बिनादर्ता सञ्चालनमा
फाइल तस्बिर ।
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा बिनादर्ता नै पसल सञ्चालन रहेका पाइएको छ । भक्तपुरको कमलविनायक पोखरी परिसरमा १२ फास्टफुड, लज र रेस्टुरेन्टको अनुगमनका क्रममा अधिकांश पसल बिनादर्ता सञ्चालन गरेको पाइएको भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए । 

चिनो फास्टफुड एन्ड लज र एप्पल फास्टफुड, शैलुङ च्याङबा, आई हब क्याफे एन्ड रेस्ट्रो, टाइम्स क्याफे र अरेन्ज फास्टफुड र हट एन्ड कोल्ड कफी बिना दर्ता, सञ्चालन भइरहेको गोरा बताए । ‘त्यस्तै ए वान मःम एन्ड फास्टफुड पसल बिनादर्ता सञ्चालन भएकोमा घरबेटीले साधारण रेस्टुराँमा दर्ता गरी २०७५/७६ सालपछि नवीकरण नगरी सञ्चालन गरेको छ’, उनले भने । 

त्यस्तै, एलएन्ड एस भिडियो गेम एन्ड ज्याकपट २०६९/७० पछिदेखि नवीकरण नगरेको र वडा नं ९ मा दर्ता गरी वडा नं १० मा सञ्चालन भएकोले पसल नवीकरण र ठाउँ सारी गर्न निर्देशन दिई चिया पसलसमेत भएकोले चिया पसल पनि दर्ता गर्न निर्देशन दिइएको उनले बताए । स्वादिष्ट मःमः पसल २०७४ सालदेखि बिनादर्ता सञ्चालन गरेकाले तीन दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन र मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन समितिले निर्देशन दियो ।

विगत १५ वर्ष अगाडिदेखि बिनादर्ता सञ्चालन गरिराखेकाले कुम कुम ब्युटिपार्लर तीन दिनभित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिइएको थियो ।

अनुगमनमा एस के टी सपमा दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिनभित्र दर्ता प्रमाणपत्र लिई नगरपालिकामा उपस्थित हुन र म्याद नाघेको सामानहरू पेप्सी ९, मिरिन्डा ४, स्लाइस १ र ड्यु १ जफत गरी नष्ट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.