नेप्से परिसूचक १८ अंकले घट्यो

नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेको छ।

यसदिन ३२३ स्क्रिप्सको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भए। आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विकास हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्दा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ४.७४,हिमालयन डिस्टिलरीको ३.६० प्रतिशतले बढ्यो।

नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ७.२९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ रुपैयाँको कारोबार भयो।

यसैगरी  नेपाल रिइन्स्योरेन्सको २४ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको २३ करोड,बुटवल पावरको १३ करोड र  शिवम् सिमेन्टको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ४१ स्टक्सको मूल्य बढ्दा २०८ वटाको घट्यो। १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.