६ सय ७२ घर परिवारको स्वास्थ्य बिमा

६ सय ७२ घर परिवारको स्वास्थ्य बिमा
सुन्नुहोस्

नुवाकोट : सामुदायिक उत्तरदायित्त्व वहन कार्यक्रम अन्तर्गत नुवाकोटको विदुर नगरपालिकाले लक्षित वर्गका ६ सय धेरै घरपरिवारको स्वास्थ्य बिमा गरिदिएको छ। 

विदुर नगरपालिकामार्फत नगर भित्रका विपन्न, दलित, सीमान्तकृत तथा आर्थिक रूपले समस्यामा परेका नागरिकहरूका लागि सञ्चालित ‘अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत बिमा कार्यक्रम सुरु गरिएको हो। मेयर राजन श्रेष्ठले बिमा प्राप्त व्यक्ति विदुर ५ की संगीता कुँवर र विदुर १३ की प्रेमकुमारी शिवभक्तिलाई स्वास्थ्य बिमावापतको कार्ड हस्तान्तरण गरेर उक्त कार्यको शुभारम्भ गरे। 

उनले मानवको स्वास्थ्य सेवा प्रमुख रहेको र यसका लागि विदुर नगरपालिकाले  उक्त अभियान सञ्चालन गरेको बताए। मेयर श्रेष्ठले विपन्न, दलित र सीमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि बीमा महत्वपूर्ण माध्यम भएको समेत बताए। 

संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत विदुर नपाको निर्णय अनुसार विदुरका अति विपन्न घर परिवारका झण्डै तीन हजार सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्ने कार्य गरिएको हो। कार्यक्रममा मेयर श्रेष्ठले विदुर ५ का लाभग्राहीको बीमा परिचयपत्र एकमुस्ट हस्तान्तरण गरेका छन्। 

बिमितको बिमा कार्यक्रम भदौ १ गतेबाट नै लागू भएकाले अब सेवा लिन पाउने स्वास्थ्य शाखाले जनाएको छ।  विदुर नपामा रहेका १३ वडाबाट उक्त कार्यक्रम अन्तर्गत ६ सय ७२ घरपरिवारमा आबद्ध  २ हजार ६ सय जनाभन्दा बढी नगरवासी प्रत्यक्ष रूपमा लाभान्वित भएको स्वास्थ्य शाखाले जनाएको  छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.