प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३५ अंकले बढेर २७४०.३० विन्दुमा पुगेको हो।
यो समयमा ३३ वटा स्क्रिप्सको ३ हजार ६७९ कित्ता सेयर ३६ लाख १४ हजार ६४२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !