राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन तालिका सार्वजनिक
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। संघीय संसद सचिवालयले भदौ ११ गते निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार मंगलबार दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुनेछ। १ बजेखेखि ४ बजेसम्म समितिको सभापतिका लागि प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ। प्रस्तावको दर्ता क्रमअनुसार ४:१५ बजे सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।
त्यसका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ ११ गते बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस !