बारपाक सुलिकोटका एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

बारपाक सुलिकोटका एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि
सुन्नुहोस्

गोरखा : गोरखाका एक जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। बारपाक सुलिकोट गाउँपालिका-३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए।

बिरामीको हाल चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए। लामो समयदेखि चितवनतिर बेवारिसे अवस्थामा घुमफिर गरी हिँडेका उनलाई छोराबुहारीले फेला पारी घरमा ल्याएका थिए। घरमा आएपछि बिरामी भएका उनलाई गोरखाबजारस्थित एपोलो अस्पताल र प्रदेश अस्पताल गोरखामा उपचार गरिएको थियो। ‘त्यहाँ व्यथा निको हुन नसकेपछि नारायणी सामुदायिक अस्पताल लगिएको रहेछ। त्यहाँ चेकजाँच गर्दा जापानिज इन्सेफ्लाइटिस पुष्टि भयो’, स्वास्थ्य प्रमुख भट्टले भने।

उनमा जापानिज इन्सेफ्लाईटिस पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी गाउँपालिकावासीलाई सुरक्षित रहन सचेत गराएको छ। ‘स्वास्थ्य शाखाका हामी, गाउँपालिका प्रमुख, उपप्रमुख, हेल्थपोस्टका स्टाफहरू, महिला स्वास्थ्य कार्यकर्ता सबै मिलेर वडा नं. ३ को खारचोकभञ्ज्याङ, ठोट्नेरी लगायतका आसपासका टोलमा गएर सचेत गराएका छौँ’, उनले भने, ‘जापानिज इन्सेफ्लाइटिस के हो ? यसको लक्षण कस्तो हुन्छ ? यो कसरी सर्छ, यसबाट कसरी बच्न सकिन्छ भनेर गाउँलेहरुलाई सचेतना जगाउने काम गरेका छौँ । सामाजिक सञ्जालहरूमा पनि यसबारे प्रचार प्रसार गरेका छौँ।’ हाँस, संगुर, बंगुरको खोरबाट उडेर आएका लामखुट्टेबाट बच्न पनि आग्रह गरिएको उनले बताए।

‘गाउँमा जापानिज इन्सेफ्लाइटिस संक्रमित भेटिएको बारे हामीले प्रदेश स्वास्थ्य निर्देशनालय र डब्लुएचओमा पनि जानकारी गराएका छौँ’, उनले भने, ‘अहिले सो टोलमा कोही पनि गम्भीर खालको बिरामी देखिएका छैनन्।’ संक्रमित जनावरलाई टोकेर मान्छेलाई टोकेमा सो रोग सर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.