भोटेकोशी नदीमा बोलेरो खस्यो, दुईजना बेपत्ता

भोटेकोशी नदीमा बोलेरो खस्यो, दुईजना बेपत्ता
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हिन्दीमा मंगलबार दिउँसो बोलेरो खस्दा दुई जना बेपत्ता भएका छन्।

अरनिको राजमार्गको हिन्दीबाट दिउँसो करिब ४ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करीब २० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सर्लाही बरहथवा नगरपालिका-२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधीमाई नगरपालिका-१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए।

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवैजनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोलीसँगै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा गएको टोलीले खोजीकार्य अगाडि बढाइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.