पहिरोबाट जोगाउन पहरा दिँदै स्याम्राङका युवा

पहिरोबाट जोगाउन पहरा दिँदै स्याम्राङका युवा
सुन्नुहोस्

गोरखा : आरूघाट गाउँपालिका– ३ स्याम्राङ सिरानटोलका युवाहरू अचेल रातभर जाग्राम बस्न थालेका छन् । गाउँमाथिबाट झरेको अजंगको पहिरोबाट जोगाउन युवाहरूले एक सातादेखि पहरा दिन थालेका स्थानीय भरत खत्रीले जानकारी दिए ।

‘गाउँभन्दा माथि ढुंगामुढासहितको ठूलो पहिरो आएर बसेको छ । राति मस्त निदाइरहेका बेला पानी पर्‍यो भने पहिरो गाउँमा झरेर पुर्ला अथवा बगाएर लैजाला भन्ने डरले युवाहरूले गाउँलाई पहरा दिने गरेका छन्’, उनले भने, ‘पहिरो भदौको २ गते झरेको हो । गाउँभन्दा सय ५० मिटर माथि आएर ठूलो ढुंगामुढा थुप्रिएर बसेको छ । सिरानटोलमा २५ घरधुरी छ । राति अन्यत्र सरेर बसौं भने त्रिपाल पनि छैन । कहाँ गएर बस्ने ?’

पहिरोका कारण स्याम्राङको २५ घरधुरी जोखिममा रहेको उनले जानकारी दिए । ‘पाँचजनाको एउटा टोलीले आधा रातसम्म ड्युटी गर्छ, अनि फेरि अर्को पाँच जनाको टोलीले अर्को आधा रातसम्म ड्युटी गरेर बस्ने गर्छन्’, उनले भने, ‘गाउँमा पहिरो आएपछि जनप्रतिनिधिको टोली, प्रहरी टोली अनुगमन गर्न आएका थिए । पहिरोको जोखिम रहेछ सुरक्षित ठाउँमा बस्नू भनेर गए । तर कहाँ बस्ने हो, कसरी बस्ने हो उनीहरूले केही भनेनन् । हामी गाउँलेहरूसँग एउटा त्रिपाल पनि छैन । कहाँ गएर बस्ने ?’ आफूहरूको समस्याप्रति कसैको पनि गम्भीर चासो नरहेको उनको गुनासो छ ।

स्याम्राङका २५ घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष देवबहादुर अधिकारीले बताएका छन् । ठूलो पानी परेमा गाउँमाथि आएर अडेको पहिरोले सिरानटोल नै पुर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । पहिरो गएलगत्तै प्रहरी मुचुल्का बनाएर पहिरो रोकथामका लागि आवश्यक पहल भइरहेको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.