एमाले नेता महर प्रहरी नियन्त्रणमा

एमाले नेता महर प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेता ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलाले उनीविरुद्ध साइबर व्युरोमा उजुरी दिएपछि प्रहरीले महरलाई नियन्त्रणमा लिएको हो।

व्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले महरविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी आफैं उपस्थित भएको हो। 'एक महिलाको उजुरीका आधारमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी भएपछि उहाँ व्युरोमा उपस्थित हुनुभयो। अहिले उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ,' प्रवक्ता एसपी अवस्थीले अन्नपूर्णसँग भने।

एमाले केन्द्रीय सदस्यसमेत रहेका महरलाई म्याद थपका लागि प्रशासनमा उपस्थित गराइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.