प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान उनीहरूबीच भेटवार्ता हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच चीनको तियानजिनमा भेटवार्त हुनेछ। एससीओ सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जान लागेका ओलीले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम पनि छ। सम्मेलनमा सम्बोधन गर्नुअघि राष्ट्रपति जिङपिङसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकका सम्बन्धमा भारत र चीनसँग भएको सहमतिका विषयमा पनि कुरा उठाउने स्रोतले बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकको भू-भाग नेपालको भएको विषयमा राष्ट्रपति जिङपिङसँग छलफल गर्नेछन्।

प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फर्किनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.