बेइजिङमा हुने जापानविरुद्धको 'भिक्ट्री परेड'मा प्रधानमन्त्री सहभागी हुँदै

बेइजिङमा हुने जापानविरुद्धको 'भिक्ट्री परेड'मा प्रधानमन्त्री सहभागी हुँदै

काठमाडौं : चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली जापानविरुद्धको भिक्ट्री परेडमा सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर ३ (१८ भदौ)मा बेइजिङमा हुने उक्त परेडमा सहभागिता जनाउनेछन्। 

चीनले सेप्टेम्बर ३ लाई जपानविरुद्ध विजयी दिवसको रूपमा मनाउँदै आएको छ। बेइजिङमा हुने उक्त दिवसको ८०औं समारोहमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउन लागेका हुन्। 

दोस्रो विश्वयुद्धमा जापानमाथि विजयी हासिल गरेको दिनलाई चीनले 'भिक्ट्री डे'को रूपमा मनाउँदै आएको छ। सन् १९३७ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा चीन र जापानबीच ठूलो युद्ध चलेको थियो। सन् १९४५ सेप्टेम्बर ३ मा जापानले आमत्समर्पण गरेको थियो। सोही दिनलाई चीनले 'जापानमाथि विजयी दिवस'को रूपमा हरेक वर्ष समारोह आयोजना गर्दै आएको छ। उक्त दिन बेइजिङको तियानमेन स्क्वायरमा परेड आयोजना गरिन्छ। जुन परेडमा चिनियाँ जनमुक्ति सेनाले आफ्नो शक्ति प्रदर्शन गर्ने गर्छन्। उक्त समारोहमा अन्य विदेशी राष्ट्र प्रमुखहरूको पनि सहभागिता रहँदै आएको छ। बेइजिङमा आयोजना हुने जापानविरुद्धको भिक्ट्री परेडमा सहभागी हुने प्रधानमन्त्री ओलीको तयारीप्रति केही परराष्ट्रविद्हरूले अस्वाभाविक ठानेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका भदौ १४ गते चीन जाँदैछन्। चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङ, उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। त्यस्तै विश्वका अन्य नेताहरूसँग पनि साइडलाइन वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.