महिलालाई गालीगलौज गर्ने रास्वपा नेता पाँडे प्रहरी नियन्त्रणमा

महिलालाई गालीगलौज गर्ने रास्वपा नेता पाँडे प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलाको उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पूर्जी जारी भएपछि पाँडे बुधबार साँझ साइबर ब्युरोमा उपस्थित भएका थिए। ब्युरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार एक महिलाले उनीविरुद्ध गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा उजुरी दिएकी थिइन्। 'सोही उजरका आधारमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उहाँ आफैं व्युरोमा उपस्थित हुनुभएको छ,' व्युरोका प्रवक्ता अवस्थीले अन्नपूर्णसँग भने।

उनका अनुसार म्याद थपका लागि आवश्यक कानुनी प्रक्रिया भोलिदेखि सुरू गरिनेछ। पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पनि हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.