सुनकोशीमा एकजना बेपत्ता
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका- ८ दुलालेश्वर मन्दिर नजिकैबाट एकजनालाई सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीमा भुम्लु गाउँपालिका- १ रिठ्ठेका २३ वर्षीय महेश दर्जी बेपत्ता भएको सशस्त्र प्रहरी १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक बिनोद थापाको कमाण्डमा ११ जना र नं १६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्श कुमार शाहको कमाण्डमा ११ जना उद्दारको लागि खटिएका छन् ।
त्यस्तै दर्जीको खोजीको लागि प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !