रास्वपा नेता पाँडे चार दिन हिरासतमा रहने

रास्वपा नेता पाँडे चार दिन हिरासतमा रहने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा.अरनिको पाँडे चारदिन प्रहरी हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएको हो। 

नेपाल प्रहरीको साइबर व्युरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार पाँडेविरुद्ध एक महिलाले विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा ब्युरोमा उजुरी दिएकी छन् । यहि ऐनको दफा ४७ अनुसारको कसुरमा उनीविरुद्ध अनुसन्धान सुरू भएको हो।

एकजना महिलालाई सामाजिक सञ्जाल ह्वाट्सअपमार्फत् गालीगलौज गरेको आरोपमा उजुरी परेपछि उनी बुधबार साइबर व्युरो पुगेका थिए । उनको बयान सकाएको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । 

वातावरणविद् समेत रहेका पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.