शिवपुरीमा लखिनश्वरी झर्ना महोत्सव

शिवपुरीमा लखिनश्वरी झर्ना महोत्सव
सुन्नुहोस्

नुवाकोट : झरनै झरनाको विशेषता बोकेको नुवाकोटको शिवपुरी गाउँपालिकामा लखिनश्वरी झर्ना महोत्सव गरिएको छ। गर्मीमा काठमाडौंदेखि नजिक रहेको शिवपुरी गाउँपालिकाको ३ र ४ को संगमस्थलमा लखिनश्वरी झर्ना रहेको छ।

शिवपुरीका अध्यक्ष गोविन्दप्रसाद थपलियाले महोत्सवको उद्घाटन गरे। अध्यक्ष थपलियाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धिका लागि यस प्रकारको झर्नाले महत्त्व बोकिरहेको बताए। उनले पर्यटन र आयआर्जन जोडिएका कारण यसको प्रवर्द्धनका लागि शिवपुरीले आवश्यक सहयोग गर्ने बताए।

करिब १ सय ५० मिटरको उचाइमा लखिनश्वरी झरना अवलोकनका लागि नुवाकोट र काठमाडौंबाट सर्वसाधारण पुग्ने गरेको वडाध्यक्ष नाति तामाङले बताए। शिवपुरीमै यसबाहेक शिवपुरी-६ मा छङछङ र चिलाउने झरना, ८ मा लौके र सानो छहरे झरना रहेका छन्।

पहिलो पटक आयोजित लखिनश्वरी झर्ना महोत्सवमा स्थानीय उत्पादनहरू तथा चामलबाट बनेको सेल रोटी खुवाइएको थियो। विभिन्न कलाकारको लोकदोहोरी गीतले उपस्थित दर्शकलाई आकर्षित गरेको थियो।

काठमाडौं नजिकै रहेको लखिनश्वरी झर्ना जान पहुँचयोग्य स्थानमा रहेको छ। झर्ना हेरेर रमाइलो गर्नका साथै पौडी खेल्न सकिन्छ। झर्नाको नजिक रहेको लखिनश्वरी महादेव मन्दिरमा दर्शन गर्न र भाकल पूरा गर्नका लागि पनि अवसर उपलब्ध छ। 

उक्त क्षेत्रको गुरुङ समुदायको सांस्कृतिक माहोल र स्थानीय अर्गानिक खानेकुराको स्वाद लिन सकिने स्थानले लखिनश्वरी झर्नालाई विशेष र आकर्षक गन्तव्य बनाइएको शिवपुरी-४ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङको भनाइ छ। शिवपुरी उच्च भेगमा रहेका कारण गर्मीयाममा पर्यटकहरू भ्रमणका लागि पुगिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.