सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको दुई लाख नाघ्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम बनाएको छ। बिहीबार चार सयले बढेको सुन आज १२ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६०० रुपैयाँ कायम भएको छ। सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ। आज एक तोला चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन बिहीबार प्रतितोला चाँदी २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !