भिरबाट लडेर एक महिलाको मृत्यु
दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा घाँस काटेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !