जेईबाट कसरी जोगिने ?

जेईबाट कसरी जोगिने ?

लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिस (जेई) जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ । यो रोग लागेमा मस्तिष्कमा संक्रमण हुन्छ । ज्यानै लिन सक्ने यो एक प्रकारको गम्भीर रोग हो । 

क्युलेक्स जातका लामखुट्टेले जेई संक्रमित जनावर विशेष गरेर सुँगुर र हाँसलाई टोकेपछि मान्छेलाई टोकेमा भाइरस सर्न सक्छ । यो भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगरबँगुरजस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ । र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ । जेईको संक्रमणबाट यो वर्ष २० जनाको ज्यान गएको छ । गत वर्ष २५ जनाको मृत्यु भएको थियो । 

अहिले मुलुकभर एक सयभन्दा बढी इन्सेफ्लाइटिसका संक्रमितहरू पाइएका छन् । संक्रमित हुनेमा ३० प्रतिशत १५ वर्षमुनिका बालबालिकाहरू रहेका छन् । 

लक्षणहरू
–    बेस्सरी टाउको दुख्ने ।
–    उच्च ज्वरो आउने ।
–    कम्पन हुने ।
–     बेहोस हुने ।
–    बान्ता हुने ।
–    घाँटी अररो (कडा) हुने ।
–    पक्षघात हुने ।

समयमा उपचार नभएमा बिरामीको मृत्युसमेत हुने ।

कसरी जोगिने ? 
लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले व्यक्तिगत रूपमा हरेकले लामखुट्टेको टोकाइबाट बच्ने 
उपाय खोज्नुपर्छ ।
–    हाँस, कुखुरा, सुँगर ( बँगुर, घोडाजस्ता घरपालुवा चराचुरुंगी तथा जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं ।
–    घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाऔं ।
–    घरको झ्याल, ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने गरौं ।
–    लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं ।
–    सधैं झुलभित्र मात्रै सुत्ने गरौं ।
 
यो रोगबाट बच्नको लागि १२ महिनाको उमेरमा जेई खोप लगाउनुपर्छ । यदि यो खोप लिन छुटेको छ भने पाँच वर्षको उमेरसम्म पनि जेई खोप लगाउन सकिन्छ । एक डोज खोप लगाएपछि जीवनभर रोगबाट बच्न सकिने भएकाले सरकारले सन् २०१५ देखि शिशु जन्मेको १२ महिनामा जेईविरुद्ध खोप नियमित रूपमा दिँदै आएको छ । बालबालिकालाई ठूलो हुञ्जेलसम्मै संक्रमणबाट बचाउन सो समयमा खोप लगाउन छुटाउनु हुँदैन । वयस्कले पनि जेईविरुद्ध खोप लगाउन मिल्छ । त्यसैले संक्रमण फैलिएका ठाउँका वयस्कले उपलब्ध भएसम्म खोप लगाउनु उचित हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.