अरिंगालले चिल्दा वृद्धाको मृत्यु

अरिंगालले चिल्दा वृद्धाको मृत्यु
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको हिरामणीटारकी वृद्धाको अरिंगालले चिलेर मृत्यु भएको छ। सूर्यगढी गाउँपालिका-५ हिरामणीटारकी ७४ वर्षीया पिपकुमारी भट्टराईको घाँस काट्ने क्रममा अरिंगालले चिलेर मृत्यु भएको छिमेकी तथा आफन्त नवराज भट्टराईले बताए। 

उनका अनुसार बडहरेस्थित खेतमा घाँस काट्ने क्रममा वृद्धा हजुरआमालाई एक्कासि ठूलो संख्यामा रहेको अरिंगालले चिलेका कारण उपचारका लागि काठमाडौंको विपी स्मृति अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका हुन्। 

वृद्धाले घाँस काटिरहेको नजिकै ठूलो सालको रुखमा अरिंगालको गोलासमेत फेला परेको सूर्यगढी-४ का वडासचिव भट्टराईले जानकारी दिए। वृद्धाको तादी खोला घाटमा अन्तिम संस्कार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.