शारदा ब्यारेजमा सवारी सञ्चालनमा रोक

कञ्‍चनपुरमा भीषण वर्षा: ५७ घर र सशस्त्रका बीओपी डुबानमा

कञ्‍चनपुरमा भीषण वर्षा: ५७ घर र सशस्त्रका बीओपी डुबानमा
तस्बिर : अन्नपूर्ण

महेन्द्रनगर : आइतरबारदेखि निरन्तरको वर्षाले कञ्चनपुरमा ५७ घर र सशस्त्र प्रहरीका दुई बीओपी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिकाको वडा–८ स्थित रामपुरे टापु  र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका हुन् । डुबानमा परेका २५ घरपरिवारका  ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ । त्यसैगरी दोधारा चाँदनी नगरपालिका –३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका हुन् ।

डुबानबाट विस्थापित ५५ जनालाई सर सामान र चौपायासहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको छ । दोधारा चाँदनीकै वडा–१० स्थित शान्ति टोलका १२ घर डुबानमा परेका छन् । १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माविमा सारिएको छ । 

त्यसैगरी वडा १० स्थित सुन्दरनगरमा रहेको बीओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ । वडा–७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको  बीओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । सुन्दरनगर बीओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ भने कञ्जभोजमा कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको छ । त्यसैगरी बाढीले भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पाँच घर डुबानमा परेको प्रहरी जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको जनाएको छ । 

आइतबार रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको जलसतह निरन्तर बढिरहेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

उनका अनुसार महाकाली नदीमा पानीको सतह बढेर एक लाख ९५ हजार ४५० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि भारतीय पक्षले सुरक्षाको कारणा देखाउँदै आवागमनमा रोक लगाउँदै आएको छ । 

बाढीले  दोधारा चाँदनी नगरपालिकाका तीन वडामा ५७ घर डुबानमा परेर डेढ सयजना विस्थापित भएका छन्।  विस्थापितलाई नजिकैको विद्यालयमा सारिएको छ । डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्क बहादुर खत्रीको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिएको छ ।      
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.