दुप्चेश्वरको कल्लेरी र सरमथलीमा पहिरो

दुप्चेश्वरको कल्लेरी र सरमथलीमा पहिरो
सुन्नुहोस्

नुवाकोट : अविरल वर्षातसँगै पहिरो जाँदा नुवाकोटको दुप्चेश्वरको कल्लेरी र सरमथलीमा सर्वसाधारणको घर तथा स्थानीय विद्यालयमा क्षति पुगेको छ। 

दुप्चेश्वर गाउँपालिका-३ कल्लेरी र सरमथलीमा पहिरो जाँदा सडकमार्ग, स्थानीयका घर तथा विद्यालयमा क्षति पुगेको छ। पहिरोग्रस्तस्थलको सोमबार पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।

केसीले पहिरो व्यवस्थापनका लागि तत्काल तीनैवटै सरकारलाई आग्रह गरेका छन्। मानवीय सुरक्षा र व्यवस्थापन पहिलो दायित्व भएका कारण सोही अनुसार सबै परिचालित हुन उनले सरोकारवाला पक्षलाई निर्देशनसमेत दिएका छन्।

उनीसँगै संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी तथा दुप्चेश्वर गापाका जनप्रतिनिधिहरूले पहिरोग्रस्तस्थलको निरीक्षण गरेका हुन्। पहिरोले गरेको क्षतिको स्थलगत अवलोकन गरी नियन्त्रण तथा रोकथामको लागि सम्बन्धित निकायहरूमा आग्रह गरिएको स्थानीय युवा सामाजिक अगुवा सरोज केसीले वताए।

उनका अनुसार अविरल वर्षातसँगै सरमथलीमा गएको पहिरोले स्थानीय कुमार थापा, गोकर्ण थापा, पाण्डव थापा, हरिशरण थापाको घरका साथै र भगवान आधारभूत विद्यालयमा क्षति पुगेको छ। सडकमा गएको पहिरो पन्छाउने काम गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाले बताए।

उनका अनुसार पहिरोको व्यवस्थापनका लागि स्थानीय तहले उक्त विद्यालय र बस्तीको जोखिम हटाउनका लागि स्थायी समाधानको कार्य सुरु गरिएको छ। अविरल वर्षातका कारण उक्त स्थानमा पहिलो जाँदा स्थानीय भगवान आवी, समुन्द्रटार–राउतबेसी सडकमा समेत क्षति भएको छ।

लगातारको वर्षापछि गएको पहिरोले विद्यालय र स्थानीयका घरसमेत जोखिममा परेको छ। स्थानीयवासीका अनुसार पहिरोले भगवान आधारभूत विद्यालयको भवनमा असर गरेको छ। पहिरोले अन्य घरहरू समेत जोखिममा परेको भन्दै स्थानीयवासी तनावमा परेका छन्। पहिरोका कारण सरमथली–हुङ्ग सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिराले बाटो बन्द हुँदा स्थानीयवासीलाई आवतजावतमा समेत समस्या परेको छ।

बस्तीमाथि नै पहिरो खस्ने त्रासमा स्थानीयहरू निदाउन सकेका छैनन्। पहिरोका जोखिम न्यूनीकरणका लागि तत्काल राहत तथा उद्धार कार्यको आवश्यकता रहेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। गाउँ नै पहिरोको उच्च जोखिममा रहेको भन्दै तीनै तहको सरकारले आवश्यक समन्वय गर्नुपर्ने स्थानीयले माग गरेका छन्। पहिरो गएको सरमथली पुगेर गापाका अध्यक्ष शंकरबहादुर थापा नेतृत्वको टोलीले अनुगमन निरीक्षणसमेत गरेको छ।

अध्यक्ष थापाले पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न स्काभेटर परिचालन गरिएको बताए। उनले जोखिममा परेका घर र विद्यालयको विषयमा सम्बन्धित निकायमा थप निर्णय गर्ने बताए। पहिरोले सर्वसाधारणको घर र विद्यालय क्षेत्रमा क्षति पुर्‍याएपछि प्रभावित परिवारलाई उचित राहत र दीर्घकालीन पहिरो रोकथामका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने पूर्व मन्त्रीसमेत रहेका अर्जुननरसिंह केसीले बताए। उक्त स्थान अन्न भण्डारका साथै पर्यटकीय स्थलसमेत हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.