जापानिज इन्सेफ्लाइटिसबाट जोगिऔं

जापानिज इन्सेफ्लाइटिसबाट जोगिऔं

व्यक्तिगत, सामाजिक तथा वातावरणीय सरसफाइमा सबैको व्यावहारिक ध्यान गएमा सरसफाइ एवं कीटजन्यलगायतका रोगको संक्रमण, जटिलता र मृत्यु रोक्न सकिन्छ।

संक्रामक रोगमध्ये सबैभन्दा घातक मानिने जापाननिज इन्सेफ्लाइटिसको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । वैशाखदेखि हालसम्म १ सय १३ जनामा संक्रमणमा २३ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी मृत्यु चितवन र कपिलवस्तुमा भएको छ । जबकि गत वर्ष ८६ जनामा संक्रमण भई २५ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकमा विश्वमा वार्षिक १५ हजारको मृत्यु हुन्छ र सबैभन्दा बढी १५ वर्षमुनिका बालबालिका प्रताडित हुन्छन् । सामान्यतया वैशाखदेखि सुरु भई असोज महिनासम्म जापानिज इन्सेफ्लाइटिसको प्रकोप रहन्छ । 

विश्व स्वास्थ्य संगठनले पनि दक्षिण एसियाली क्षेत्रलाई औलो प्रकोपको केन्द्रबिन्दु र एसियाली क्षेत्रलाई इन्सेफ्लाइटिस प्रकोप केन्द्र मानेको छ । यस वर्ष १ सय १३ मा पुष्टि र २३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ तर घर गाउँमा, औषधि पसल, निजी अस्पताल, नर्सिङ होम, निजी अन्य चिकित्सालय र भारतमा समेत संक्रमित हुने र मर्नेको संख्या बढी हुन सक्छ । सन् १९२४ मा जापानमा देखिएको यो रोग, सन् १९७८ मा भारतको उत्तरप्रदेशबाट नेपालको रूपन्देहीमा प्रवेश गरी महामारीको रूप लिएको थियो त्यसपछि मोरङमा महामारी भएको थियो । यस रोगबाट प्रायः विपन्न वर्गका बालबालिका (१५ वर्षमुनिका) र वृद्धवृद्धा बढी पीडित तथा मृत्यु हुनेमा पर्छन् ।

यो रोग के हो ? :

सबैले बुझ्ने भाषामा इन्सेफ्लाइटिस भनेको मानिसको स्नायु प्रणालीसँग सम्बन्धित रोग हो । यो रोग विभिन्न प्रकारका जीवाणु, भाइरसका कारणले लाग्दछ तर महामारीको रूपमा फैलिने इन्सेफ्लाइटिस जापानिज इन्सेफ्लाइटिस हो र कारक जापानिज बी इन्सेफ्लाइटिस भाइरस हो । मुख्य स्रोत सुंगुर भए पनि अन्यमा बंगुर, हाँस, कुखुरा, घोडा, गाई, भैंसी, राँगाजस्ता घरपालुवा र जंगली चरापंक्षीको शरीरमा वा संक्रमित अवस्थामा फलोवी भाइरस अत्यधिक रहँदा क्युलेक्स जातको पोथी लामखुट्टेले टोकी मान्छेलाई टोकेर यो रोग मानिसमा सार्दछ ।

जनस्वास्थ्यका दृष्टिले यस रोगलाई ‘गरिबमा पनि अति गरिबको रोग’ को रूपमा परिभाषित गरिन्छ किनभने सुंगुर, बंगुर र हाँस नै गरिबका सम्पत्ति, झुल किन्न नसक्ने आर्थिक हैसियत, जनचेतनाको कमी, रेडियो टीभीबाट दिइने जानकारीमा पहुँच नहुनु, रोग लागि सकेपछि पनि उपचार खर्चको डरले अस्पताल नपुग्ने वा उपचार गराउँदा गराउँदै बीचैमा भाग्ने कारणले विपन्न वर्ग बढी प्रभावित हुन्छन् ।

लक्षणहरू :  

संक्रमित लामखुट्टेले मानिसलाई टोकेको ५ देखि १४ दिन पछाडि प्रत्येक २ सय ५० जना मध्ये एक जनामा यो रोगका लक्षणहरू देखा पर्छन् । सुरुमा ज्वरो आउने, धेरै टाउको दुख्ने, बान्ता हुने, शरीर थरथराउने, जीउ गल्ने, घाँटी बस्ने वा स्वर बस्ने हुन्छ । त्यसपछि मस्तिष्कमा असर पुर्‍याई बेहोस हुने, ज्वरोसँगै बर्बराउने, मांसपेशी कडा हुने, घाँटी वा गर्धन कडा हुने, कम्पन हुने तथा स्नायुसम्बन्धी विकृतिले हातखुट्टा नचल्ने, मुख बांगिने, दिसापिसाब नियन्त्रण गर्न नसक्ने र पक्षघात पनि हुन सक्छ । मन्द संक्रमणमा यी लक्षण नदेखिन पनि सक्छन् । रोग लागेको झन्डै ९ दिन भित्रै रोगीको मृत्यु हुने गर्दछ । यो रोग इन्सेफ्लाइटिस, मेनेन्जाइटिस वा फ्रेवाइल हेडेकका रूपमा देखिन सक्दछ साथै उच्च ज्वरो आउने, गम्भीर कम्पन छुट्ने, मानसिक अवस्था बिग्रिँदै जाने हुन्छ ।

निदान :  मस्तिष्क रस, सिटीस्क्यान, ईईजी, एमआरआई र भाइरल स्डडिजबाट जापनिज इन्सेफ्लाइटिसको निदान गरिन्छ । भाइरल स्डडिज देखिएमा लक्षणकै आधारमा उपचार गर्नु पर्दछ । इन्सेफ्लाइटिस कडा प्रकृतिको रोग भएकोले, उक्त केन्द्रबाट परिणाम आउँदासम्म समयमै उपचार नभए यस्ले ज्यान पनि लिन सक्छ । 

उपचार :  संक्रमितमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुने गर्दछ र बाँचेकामा पनि ७५ प्रतिशत जतिले स्नायु बिकार वा अपांगता भोग्नु पर्दछ । आँखा, कान बन्द हुने, बोली बन्द हुने, छारे रोग, बिर्सने रोग, सुस्त मनस्थिति, कान नसुन्ने, पक्षघातजस्ता रोग झेलिरहनु पर्दछ । त्यस कारण चुनौती भनेको रोग लाग्न नदिने, रोग लागिहाले मृत्यु रोक्ने र बाँचेकाको बिकलांगपन न्यूनीकरण गर्ने तथा उपचार गर्ने पर्छन् । विशेष उपचार पद्धति र औषधि नभएकोले लक्षण अनुसार उपचार गर्ने गरिन्छ । 

रोक :  रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । मृत्युको मुखमा पुर्‍याउने यो रोग र बचेमा पनि बिकलांग भएर बाँच्नुपर्ने बाध्यताबाट मुक्त हुन एकातिर संक्रमित लामखुट्टेको वृद्धि विकास रोक्ने तथा टोकाइबाट बच्न स्वास्थ्यसम्बन्धी जनचेतनाको वृद्धि र सरसफाइ छँदैछ, अर्कोतिर खोपको प्रयोग गर्ने रोगबाट जोगिने उपाय हो । 

खोप :  नेपालमा २०५५ सालमा चीन सरकारको सहयोगमा बाँके, बर्दिया, कैलाली र दाङमा ५ लाखलाई इनएक्टिभेटेड र २ लाख ५० हजारलाई लाइभ एक्टिभेटेड (एक महिनाको फरक गरेर ३ डोज) दिइएको थियो । तर ३ डोज पूरा गर्ने ६० प्रतिशतमात्रै भए, ज्वरोको कारण र पटकपटक लगाउने झन्झटका कारण ४० प्रतिशतले खोप दोहोर्‍याएनन् भने उता लाइभ इनएक्टिभेटेडमा साइड इफेक्ट कम भएको, रोग नलागी शतप्रतिशत सुरक्षित भएको, खर्च सस्तो पर्न जाने भएकोले एक मात्रा खोप सही ठहर्‍याइयो । एक मात्रा खोपले जीवनभरि इन्सेफ्लाइटिसको जोखिमबाट जोगिन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेपछि सन २००६ देखि पाइलट र २०१५ देखि खोप कार्यक्रममा १२ महिनाका बालबालिका तथा छुटेमा पाँच वर्षभित्र खोप दिने गरी समावेश छ । 

कुल संक्रमितमध्ये ५० प्रतिशत १ देखि १५ वर्षका बालबच्चा पर्छन् । यसैगरी बंगुर, सुंगुरमा पनि भ्याक्सिनेसन गर्न कृषि मन्त्रालयलाई आग्रह गरिनु पर्दछ । खोप एचआईभी संक्रमित, गर्भवती, दीर्घरोगी र एक वर्Èम¬निका बालबालिकामा दिन हँ¬दैन । 
घर र घर वरिपरिको झाडी फँडानी गर्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने, ढल, नाला सफा गर्ने र निकासको राम्रो व्यवस्था गर्नुपर्दछ । त्यस्ता ठाउँमा मोबिल, मट्टीतेल वा कीटनाशक औषधि छर्कने र घर वरपर सफा राख्नुपर्दछ, साथै घरका ढोका झ्याल र मकेलामा तामा वा कासको जाली राख्नुपर्छ । जापानिज इन्सेफ्लाइटिस सार्ने क्युलिसिन लामखुट्टे धानबारीमा, जमेका पानीमा बढी हुने भएकोले समय–समयमा धानबारीमा र खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्नुपर्छ । 

घर बाहिर नसुत्ने । साँझपख घरबाहिर निस्कँदा वा सुत्दा वा काम गर्दा पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्दछ । घर बाहिर वा भित्र सुत्दा झुल टाँगेर सुत्नु पर्दछ । त्यसैगरी भाइरसको घर मानिने, छाडा गाईबस्तु, पशुपंक्षी, कुखुरा, विशेषगरी सुँगुर, बंगुर र हाँस भरिसक्य एउटै घरमा नभए घरसँगै जोडिएको स–साना झुपडीमा नपाल्ने र पाले तापनि घर टाढा, जालीवाला सफा बाकसमा व्यवस्थित ढंगले पाल्ने गर्नुपर्दछ । यदि रोग लागिसकेको अवस्था छ भने वा ज्वरोको औषधि खाएको २–३ दिनसम्म पनि ज्वरो निको नभएमा, टाउको दुख्ने, बान्ता हुने, बर्बराउने, अचेत हुने र घाँटी अररो भएमा सकेसम्म चाँडै स्वास्थ्य संस्था पुगेमा उपचार पाउन सकिन्छ । 

अन्तमा, संक्रमण भइहाले अस्पतालमा पुग्नपर्छ । अस्पतालमा आएर उपचार गर्दागर्दै मृत्यु हुने बिरामीभन्दा उपचार नपाएर, रोगले च्यापेर ढिलो अस्पताल ल्याउँदा ल्याउँदै वा धामीझाक्रीको भर परेर र लापरबाहीका कारण मृत्यु हुने धेरै बढी छन् । व्यक्तिगत, सामाजिक तथा वातावरणीय सरसफाइमा सबैको व्यावहारिक ध्यान गएमा यस्ता सरसफाइजन्य, कीटजन्यलगायतका रोगको संक्रमण, जटिलता र मृत्यु रोक्न सकिन्छ । 

डा. बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.