मनास्लुमा ४१ प्रतिशतले पर्यटक वृद्धि

मनास्लुमा ४१ प्रतिशतले पर्यटक वृद्धि
सुन्नुहोस्

गोरखा : मनास्लु क्षेत्रमा पर्यटकको आगमन अघिल्लो वर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ५ सय १३ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेकोमा आव २०८२/८३ मा १६ हजार ६ सय ७१ जनाले गरे। 

जसमध्ये १५ हजार ८ सय ८७ विदेशी र ७ सय ८४ स्वदेशी पर्यटक रहेको एमक्याप प्रमुख अनिल प्रसाईंले जानकारी दिए। विगत तीन वर्ष यताको पर्यटकको तथ्यांक विश्लेषण गर्दा मनास्लु क्षेत्रमा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा मनास्लु क्षेत्रमा जम्मा ९ हजार ७ सय ८३ पर्यटक पुगेका थिए। तीन वर्षयता ५८.६८ प्रतिशतले पर्यटकको संख्या वृद्धि भएको एमक्यापले जनाएको छ। 


विदेशी पर्यटकसँग एमक्यापले गत आवमा ४ करोड १२ लाख ५० हजार १ सय ८८ रुपैयाँ पर्यटन शुल्क संकलन गरेको छ। अघिल्लो आव २०८१/८२ मा ३ करोड २७ लाख ६५ हजार संकलन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २ करोड ५६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यस्तै दुई वर्षअघिदेखि गाउँपालिकाले पनि स्वदेशी, विदेशी पर्यटकसँग राजस्व संकलन गर्न सुरु गरेको छ। गत आव २०८२/८३ मा पालिकाले १ करोड ४६ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। करिब १ हजार ३ सय स्वदेशी पर्यटकसँग जनही २ सय रुपैयाँका दरले करिब १४ हजार ६ सय विदेशी पर्यटकसँग १ हजारका दरले राजस्व संकलन गरेको पालिकाका राजस्व संकलन गर्ने कर्मचारी विशाल घलेले जानकारी दिए। 

 

  •  ‘आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेकोमा आव २०८२/८३ मा १६ हजार ६ सय  जना
  •  मनास्लु क्षेत्रमा पुग्ने मा १५ हजार ८ सय ८७ विदेशी र ७ सय ८४ स्वदेशी पर्यटक
  •  अघिल्लो आवमा ३ करोड २७ लाख पर्यटन शुल्क संकलन भएकोमा गत आवमा बढेर ४ करोड १२ लाख रुपैयाँ
  •  करदातालाई सहजीकरण गर्नुपर्नेमा अर्थमन्त्रीको जोड।

अमेरिका–इरान युद्धका कारण पर्यटक आवागमनमा नकारात्मक असर पर्ने अनुमान गरिएको थियो। तर अघिल्लो वर्षभन्दा उल्लेख्य दरमा वृद्धि भएको छ। तर यो संख्या युद्ध हुनुअघि अनुमान गरेको भन्दाचाहिँ कम भएको एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए। ‘गत आव अघिल्लो आवभन्दा पर्यटक संख्या बढ्छन् भन्ने प्रक्षेपण थियो तर खाडी युद्धले गर्दा यो संख्या घट्यो,’ उनले भने, ‘यदि युद्धको प्रभाव नपरेको भए १८ हजार पर्यटक आउँछन् भन्ने अनुमान थियो।’

मनास्लु क्षेत्रमा सडक विस्तार नभइसकेको, यहाँका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका बारेमा प्रचार प्रसार हुँदै गएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको एमक्यापले जनाएको छ।

पर्यटकको संख्या बर्सेनि बढ्दै गए पनि पूर्वाधारको अवस्थामा भने उति सुधार हुन सकेको छैन। नयाँ–नयाँ गन्तव्यको पहिचान, पदमार्ग सुधार, अझै स्तरीय होटल, लज तथा टी हाउसहरूको विकास हुनुपर्ने देखिएको छ। साथै पर्यटक तथा सहयोगीहरूप्रति गरिने आतिथ्य (हस्पिटालिटी)मा पनि सुधारको खाँचो रहेको छ।  मनास्लु क्षेत्रमा विश्वको आठौं (८,१६३ मिटर) अग्लो मनास्लु हिमाल, प्रसिद्ध वीरेन्द्रताल, लार्केपास, कालताल, पुंगेन तथा सेराङ गुम्बालगायत प्राकृतिक तथा धार्मिक, सांस्कृतिक सम्पदाप्रति पर्यटक आकर्षित हुने गरेका छन्। त्यस्तै अहिंसा उपत्यकाका रूपमा प्रसिद्ध चुम उपत्यका, राजेनगुम्बा, मु गुम्बा, गणेश हिमाल बेसक्याम्प, तिब्बती भाषा, भेषभूषा, संस्कृतिको अवलोकन गर्न पर्यटक आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.