सूर्यगढीका स्वास्थ्य अधिकृतको निधन, गाउँपालिकामा शोक बिदा
नुवाकोट : नुवाकोटको सूर्यगढी गाउँपालिकाका स्वास्थ्य अधिकृतको निधन भएको छ। गापा कार्यालय सुर्यगढी चोकदेमा कार्यरत अधिकृतको निधन भएपछि गापाले शोक बिदा दिएको छ।
सूर्यगढी गाउँपालिकाको स्वास्थ्य शाखामा सिनियर अहेब छैटौं तहमा कार्यरत विदुर नगरपालिका-२ नुवाकोटका ५० वर्षीय नरेन्द्रमान डंगोलको बिहीबार निधन भएको हो।
उनको निधनमा शुक्रबार सूर्यगढी गापा, स्वास्थ्य शाखा, वडा कार्यालयहरू तथा इकाईहरूमा शोक बिदा दिइएको गापा अध्यक्ष शन्तबहादुर घलेद्वारा जारी पत्रमा जनाइएको छ।
लामो समयदेखि कार्यरत कर्तव्यनिष्ठ, इमान्दार, सरल, मिलनसार र होनहार स्वास्थ्यकर्मी डंगोलको त्रिशूली अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको अध्यक्ष घलेले बताए। मृतक डंगोलको दुई वर्ष अगाडि ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !