ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरूको स्वास्थ्य परीक्षण गरिएको छ। विदुर नगरपालिका-५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क प्रदान गरिएको हो। 

निजामती सेवा दिवसका अवसरमा नुवाकोटको त्रिशूली अस्पताल र आयुर्वेद वैकल्पिक चिकित्सालय पीपलटारको संयुक्त आयोजनामा उक्त आश्रममा आश्रित ४० जना वृद्ध बाआमा लगायत ५१ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क प्रदान गरिएको प्रतिष्ठान अन्तर्गतको जेठ नागरिक मानव सेवा आश्रम सञ्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए। 

जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डा. नरेन्द्रप्रसाद गिरी र त्रिशूली अस्पतालका डा. सुदीप कोइराला लगायतका स्वास्थ्यकर्मीहरूले वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको हो। 

देवीघाटस्थित वृद्धाश्रममा पहिले पनि उक्त प्रतिष्ठान र त्रिशूली अस्पताल बीच विगतमा गरिएको सम्झौता अनुसार स्वास्थ्य परीक्षण र औषधि उपचार हुँदै आइरहेको छ। उक्त वृद्धाश्रम पुगेर सर्वसाधारणले जन्मदिन तथा विभिन्न अवसरमा आर्थिक, भौतिक सहयोगका साथै खाद्यान्नसमेत प्रदान गर्दै आइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.