भक्तपुरमा सम्पदा पदयात्रा सुरु, १६ ऐतिहासिक पोखरी अवलोकन

भक्तपुरमा सम्पदा पदयात्रा सुरु, १६ ऐतिहासिक पोखरी अवलोकन
सुन्नुहोस्

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार आज ‘सम्पदा पदयात्रा’ सुरु गरिएको छ। पदयात्रामा नगरको दक्षिणी भेगमा अवस्थित १६ वटा ऐतिहासिक पोखरीहरूको अवलोकन गरिएको छ। 

नगरपालिकाले आयोजना गरेको पदयात्राअन्तर्गत च्याम्हासिंह पुखू, जेँला पुखू, खँचा पुखू, याता (न्हाद) पुखू, गोल्मढी बारे पुखू, कुमारी पुखू, खँला (ख्यो) पुखू, लैको पुखू, सुनधारा पुखू, दुमाजु पुखू, भण्ड पुखू (भण्डार पोखरी), नासमना पुखू (मंगलकुण्ड), मंगलाछेँ पुखू, देगमना पुखू, तेखा पुखू र भाज्या पुखू अवलोकन गरिएको हो।

यी पोखरीहरू ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छन्। कतिपय पोखरीहरू स्थानीय बस्तीको दैनिक आवश्यकता, कृषियोग्य जमिनको सिँचाइ, धार्मिक अनुष्ठान तथा सामुदायिक जमघटका केन्द्रका रूपमा उपयोग हुँदै आएका छन्।

नगरपालिकाले पछिल्ला वर्षहरूमा पोखरीहरूको जीर्णोद्धार, संरक्षण र आकर्षक बनाउने कार्यलाई प्राथमिकता दिएको छ। कतिपय पोखरीहरूमा रंगिन फोहरा, बत्ती र मत्स्यपालनसमेत गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.