यस्ता छन् एमाले विधान महाधिवेशनले दिन खोजेका २९ सन्देश
काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हेपेको सहन नसकिने बताएका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताए।
'राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौं। सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन। अहिले केही मान्छेहरू विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्,' उनले भने।
कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र नभएको उनको भनाइ छ। 'आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ। पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !