बानेश्वर क्षेत्र तनावग्रस्त : जेनजी पुस्ता र प्रहरीबिच झडप,पानीको फोहोरा र अश्रुग्यास प्रहार

बानेश्वर क्षेत्र तनावग्रस्त : जेनजी पुस्ता र प्रहरीबिच झडप,पानीको फोहोरा र अश्रुग्यास प्रहार
सुन्नुहोस्

काठमाडौं : सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका छन् । सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ। सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

प्रदर्शनमा सहभागी युवाहरुले सरकार बोल्न दे,देश लुट्न पाइदैन,भ्रष्टाचार अन्त्य लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । त्यस्तै युवाहरूले देशका वीरगंज,पोखरा लगायत अन्य सहरमा पनि प्रदर्शन गरेका छन् ।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जी पुस्ताका रुपमा चिनाउने गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.