रुपन्देहीको भैरहवा र बुटवलमा पनि कर्फ्यु आदेश जारी

रुपन्देहीको भैरहवा र बुटवलमा पनि कर्फ्यु आदेश जारी
सुन्नुहोस्

भैरहवा : जेनजीहरूको प्रदर्शन देशभर उग्र भएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ। रुपन्देहीमा पनि जेनजीहरूले प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्।

भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एक सय मिटरसम्म चार किल्ला तोकिएको छ।

त्यस्तै बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो।

प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ चार किल्लाको सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.