इटहरीमा गोली लागेर दुई जनाको मृत्यु
धरान : जेनजी प्रदर्शनका क्रममा इहटरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न सकेको छैन। उनीहरूको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो। इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कर्फ्यु लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकरी धर्मेन्द्रकुमार मिश्रले बताए।
जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कर्फ्यु लगाइएको बताइएको छ। आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए।
प्रतिक्रिया दिनुहोस !