नुवाकोटको विभिन्न स्थानमा प्रदर्शन

नुवाकोटको विभिन्न स्थानमा प्रदर्शन
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विभिन्न स्थानमा सरकारको विरोध गर्दै सोमबार प्रदर्शन भएको छ। जेनजी समूहले  नुवाकोटको व्यस्त बट्टार लगायतका स्थानमा नारा जुलुस प्रदर्शन गरिएका हुन्। 

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध बट्टार, छहरे लगायतका स्थानमा प्रदर्शन भएको हो। पर्यटकीय तथा धार्मिक नगरी नुवाकोटमा भ्रष्टाचार, अव्यवस्था नियन्त्रण गरिनुपर्ने माग गर्दै नयाँ पुस्ताले नारा जुलुस गरेका हुन्। 

उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अप्रजातान्त्रिक रहेको दाबी गर्दै सोमवार सरकार विरुद्ध प्रदर्शन गरेका हुन्। नयाँ पुस्ताका युवा (जेनजी)हरूले नुवाकोटमा आन्दोलन स्वरूप जुलुस र प्रदर्शन गर्दै सरकार विरोध नारासमेत लगाएका छन्। 

उनीहरूले पासाङल्हामु मार्गको बट्टार–त्रिशूली सडक खण्डमा जुलुस र नारा लगाउँदै प्रदर्शन गरेका हुन्।  सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्दै सडकमार्गमा विरोध गरेका हुन्। प्रदर्शनका कारण मूल सडकमार्ग अवरुद्ध भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.