बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु

बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
सुन्नुहोस्

झापा : बिर्तामोडपछि जिल्ला प्रशासन कार्यालय झापाले दमकमा कर्फ्यु लगाएको छ। 

जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा रतुवा खोला, पश्चिममा डिपो रोड, उत्तरमा फाल्गुनन्द चोक र दक्षिणमा पूर्व पश्चिम राजमार्ग बाट ३ किलोमिटर र दक्षिणसम्म आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। 

उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए। जेनजी समूहका प्रदर्शनकारी दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुडा गर्नुका साथै दमक नगरपालिकाका गेट अगाडि तोडफोड र आगजनी गरेका छन्। सोही क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्। 

जिल्लाको बिर्तामोड र दमक आज दिनभर अशान्त बनेको थियो। यसअघि प्रशासनले बिर्तामोड नगर क्षेत्रको पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्ला तोकेर आज राति साढे ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.