बिर्तामोडमा बिहानैदेखि चर्कियो जेनजीको आन्दोलन,राजमार्ग अवरुद्ध

बिर्तामोडमा बिहानैदेखि चर्कियो जेनजीको आन्दोलन,राजमार्ग अवरुद्ध
तस्बिर : अन्नपूर्ण

झापा : झापाको बिर्तामोडमा आज बिहानैदेखि जेनजी समूहको आन्दोलन चर्किएको छ । प्रशासनले लगाएको कर्फ्युको समयावधि सकिए लगतै बिर्तामोडको मुक्ति चोकमा भेला भएका जेनजीका आन्दोलनकारीहरूले टायर बालिरहेका छन् ।

सरकारले घोर दमन गर्दा १९ जना जेनजीको आन्दोलनकारीको मृत्यु भएपछि उनीहरू थप आक्रोशित देखिएका छन् । बिर्तामोड नगरपालिका ५ स्थित मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरूले स्वतःस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरू,प्रहरी पोस्टहरू,ट्राफिक चिन्हहरू सडकमा ल्याई आगजनी गरिरहेका छन् ।

हालको अवस्था तनावग्रस्त रहेको छ । पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको छ । उक्त स्थानमा सुरक्षाकर्मीको टोली जान सकेको छैन । उता जेनजीका युवाहरूले मेचीनगर –७ इट्टाभट्टास्थित नगरपालिकाको कार्यालय प्रवेश गर्ने बाटो अगाडि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनहरू अवरोध गर्ने प्रयास गरिरहेका छन् । 

जिल्लामा पुनः कर्फ्यु लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षा निकायको बैठक जारी रहेको जनाइएको छ । हिजो भएको प्रदर्शनको क्रममा प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरीको गोली लागेर ७ सहित १४ जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ । प्रदर्शनको क्रममा सरकारी सवारीसाधनमा पनि व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.