राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन्। आजक मितिदेखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरले बताए।

'सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले मिति २०८२ भदौ २४ गते प्रधानमन्त्री पदबाट दिएको राजीनामा सोही मिति देखि लागु हुने गरी स्वीकृत गर्नु भएको छ। नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनि तोक्नु भएको छ,' विज्ञप्तिमा भनिएको छ। 

राजनीतिक निकासका लागि भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.