पोखराका सडकमा सुरक्षामा खटिए सेना
पोखरा : पोखराका सडकमा पनि नेपाली सेना सुरक्षामा खटिएका छन् । नेपाली सेनाले बटुवा र यात्रुहरुलाई सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरेका छन् ।
प्रदर्शनकारीले मंगलबार सुरक्षाकर्मीका हतियार खोसेको र कैदी बन्दी जेलबाट भागेकाले सुरक्षा चुनौती बढेको छ । वर्तमान अवस्थाको फाइदा लिदै लुटमाप गर्ने क्रम पनि बढेको छ ।
यसैलाई मध्यनजर राख्दै सेनाले पोखराका मुख्य बजार र संवेदनशील क्षेत्रमा कडाइ गरेको छ । क्फ्र्यु आदेश जारी भएको भन्दै सेनाले सर्वसाधारणलाई घरमै बस्न र व्यवसायीलाई सटर बन्द गरेर घरमा जान माइकिङ्ग गरेर अनुरोध गरेका छन् ।
पोखरामा मंगलबार दिनभर प्रदर्शनकारीले सरकारी र निजी व्यवसायीक पर्यटकीय भवन, भाटभटेनी लगायत तोडफोड र आगजनी गरेका थिए । भाटभटेनी, सरकारी कार्यालय र पर्यटकीय होटलहरु अझै पनि जलेका छन् । राति १० बजेदेखि नै नेपाली सेना परिचालित भए पनि सरकारी कार्यालय र नीज व्यवसायिक होटल, लगायत पूर्वाधारमा लागेको आगो निभाउने काम भने भएको छैन ।
पोखराका प्राय सम्पूर्ण सरकारी कार्यालय जलाइएको छ । पोखराको लेकसाइडका पर्यटकीय होटल पनि जलाइएको छ ।
प्रतिक्रिया दिनुहोस !