डोटीको बाल सुधार गृहबाट ५२ जना बालबालिका भागे
डोटी : डोटीको बाल सुधार गृहबाट ५२ जना कैदी बालबालिकाहरू भागेका छन्। देशका अधिकांश कारागार तथा बाल सुधार गृहबाट कैदीबन्दीहरू भागिरहेका बेला डोटीको बाल सुधार गृहबाट पनि कैदी बालबालिका भागेका छन्।
उनीहरू मंलबार राति भागेका बाल सुधार गृहका इन्चार्ज सानुमाया लिम्बुले जानकारी दिएकी छन्। बाल सुधार गृहमा ७र८ जनाको संख्यामा मात्रै बिना हतियारधारी प्रहरी सुरक्षार्थ खटिने भएकाले पनि कैदी बालबालिकालाई भाग्न सहज भएको बताइएको छ।
बाल सुधार गृहमा जम्मा ५३ जना बालबालिका रहेका थिए। एक जना भने भागेका छैनन्। भागेकाको खोजीकार्य भइरहेका प्रहरीले जनाएको छ।
उता डोटी कारागारका कैदीबन्दी भने सुरक्षित रहेको कारागार प्रमुख लालबहादुर बोगटीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !