झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापा : झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार इलामबाट झापा घर फर्किँदै गरेका श्रेष्ठ सवार प्र३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। बुद्धशान्ति गाउँपालिका–७ सुनमाई नजिकै सडक किनारको नालामा मोटरसाइकलले किच्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शवको पोस्टमार्टमपछि परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !