रोग, रोगी र चिकित्सा विधिहरू

रोग, रोगी र चिकित्सा विधिहरू

नव जीवन निरन्तर स्वास्थ्य र अस्वस्थताको चक्रमा बगिरहेको हुन्छ । जब शरीर, मन र आत्माको सामञ्जस्य बिग्रन्छ, त्यही अवस्था ‘रोग’का रूपमा प्रकट हुन्छ । रोग केवल शारीरिक अस्वस्थता मात्र नभई मानसिक, सामाजिक र भावनात्मक तहमा पनि देखिन्छ । रोगी भन्नाले रोगले ग्रस्त भएको व्यक्ति मात्र होइन, उसको सम्पूर्ण अनुभव, कष्ट, सोचाइ र जीवनशैलीलाई समेत बुझिन्छ । रोगीलाई उपचार गर्न प्रयोग हुने विविध तरिका, पद्धति र प्रणालीलाई चिकित्सा विधि भनिन्छ । यस लेखमा रोग, रोगी र चिकित्सा विधिहरूको विस्तृत विवेचना प्रस्तुत गरिएको छ ।

१. रोगको परिभाषा
रोग भन्नाले शरीर वा मनको सामान्य कार्यशीलता वा सन्तुलनमा आएको अवरोध हो । यसलाई ‘हेल्थ इज इजी, डिजिज इज डिज–इजी’ भन्ने वाक्यले प्रष्ट पार्छ ।

२. रोगका कारणहरू
भौतिक कारण – चोटपटक, संक्रमण, मौसम, प्रदूषण, विकिरण आदि ।
जैविक कारण – जीवाणु, भाइरस, परजीवी, फंगस वा आन्तरिक जैविक असन्तुलन ।
मानसिक कारण – तनाव, चिन्ता, क्रोध, डर वा मानसिक आघात ।
जीवनशैली – असन्तुलित आहार, निद्राको कमी, व्यसन, शारीरिक गतिविधिको अभाव ।
आनुवांशिक कारण – परिवारबाट सर्ने रोग वा प्रवृत्ति ।

३. रोगका प्रकार
तीव्र रोग – छोटो समयमै देखिने, चाँडै निको हुने वा जटिल हुने । जस्तै ः ज्वरो, टाइफाइड, डेंगु ।
दीर्घकालीन रोग – लामो समयसम्म रहने, बिस्तारै बढ्ने । जस्तै ः मधुमेह, उच्च रक्तचाप, दम ।
संक्रामक रोग – एक व्यक्तिबाट अर्काेमा सर्ने ।
असंक्रामक रोग – जीवनशैली वा आन्तरिक असन्तुलनका कारण हुने ।
शारीरिक रोग – शरीरका अंग वा प्रणालीमा देखिने ।
मानसिक रोग – मनोवैज्ञानिक वा मनोरोगसम्बन्धी समस्या ।

४. रोगीको परिभाषा
रोगी भन्नाले रोगबाट पीडित मात्र होइन, उसको सम्पूर्ण जीवन परिस्थितिलाई बुझिन्छ । चिकित्सा विज्ञानमा रोगको भन्दा बढी महत्त्व रोगीलाई बुझ्नमा हुन्छ ।

५. रोगीको दृष्टिकोण
शारीरिक पीडा – दुखाइ, असजिलो, अशक्तता ।
मानसिक पीडा – भय, चिन्ता, निराशा, आत्मबलको कमी ।
सामाजिक पीडा – परिवार वा समाजमा असहजता, कलंक वा आर्थिक कठिनाइ ।
आध्यात्मिक पक्ष – रोगको कारण, उद्देश्य वा जीवन–मृत्युसँग सम्बन्धित प्रश्न ।

६. रोगी अध्ययन
रोगीलाई बुझ्न चिकित्सकले इतिहास, मुख्य गुनासो, मानसिक अवस्था, जीवनशैली, रोगीको पारिवारिक र सामाजिक पृष्ठभूमि आदिको अध्ययन गर्नुपर्छ । होमियोप्याथी वा अन्य समग्र चिकित्सा प्रणालीमा रोगभन्दा रोगी केन्द्रमा हुन्छ ।

७. चिकित्सा विधिहरू
मानव सभ्यताको विकाससँगै उपचारका विविध विधिहरू विकसित भएका छन् । यी विधिहरूलाई मोटामोटी तीन समूहमा विभाजन गर्न सकिन्छ ।

क) परम्परागत वा प्राकृतिक चिकित्सा
आयुर्वेद– शरीर, मन र आत्माको त्रिदोष सिद्धान्त (वात, पित्त, कफ)मा आधारित ।
योग र ध्यान– मानसिक, शारीरिक र आध्यात्मिक सन्तुलन कायम गर्ने ।
उपवास, आहार चिकित्सा– शरीरलाई प्राकृतिक विधिबाट शुद्ध गर्ने ।
प्राकृतिक उपचार– सूर्य, पानी, हावा, माटो, आहार र व्यायामको प्रयोग ।

ख) आधुनिक चिकित्सा 
औषधि उपचार– रोगको कारण वा लक्षण नियन्त्रण गर्ने रासायनिक औषधि ।
शल्यक्रिया– शरीरको रोगग्रस्त अंग हटाउने वा सुधार गर्ने ।
भ्याक्सिन– रोग प्रतिरोधात्मक उपाय ।
निदान प्रविधि– एक्स–रे, एमआरआई, ब्लड टेस्ट आदिबाट रोग पहिचान ।

ग) परिपूरक वा वैकल्पिक चिकित्सा
होमियोप्याथी– ‘समं समं समायति’ सिद्धान्त, जहाँ समान लक्षण देखाउने औषधि सानो मात्रामा प्रयोग गरिन्छ ।
युनानी चिकित्सा– शरीरको रसको सन्तुलनमा आधारित ।
चिकित्सा मनोविज्ञान– मानसिक अवस्थाबाट रोगलाई निको पार्ने तरिका ।
ब्याच फ्लावर रेमेडिज– भावनात्मक असन्तुलनलाई फूलको ऊर्जा प्रयोग गरेर उपचार गर्ने ।
अकुपन्चर/एकुप्रेसर– शरीरका विशेष विन्दुमा दबाब वा सुई लगाएर ऊर्जा प्रवाह सन्तुलन ।

८. रोग, रोगी र चिकित्सा विधिहरूको अन्तरसम्बन्ध
रोग र रोगी – रोग शरीर वा मनको असन्तुलन हो भने, रोगी त्यस असन्तुलनको सम्पूर्ण अनुभव बोकेको व्यक्ति हो । केवल रोग हेरेर उपचार गर्दा अपूर्ण हुन्छ, रोगीलाई बुझ्दामात्र समग्र चिकित्सा सम्भव हुन्छ ।

रोगी र चिकित्सा विधि– एउटै रोग भएका दुई रोगीमा भिन्न–भिन्न उपचार आवश्यक पर्न सक्छ । रोगीको मानसिकता, शरीर संरचना, जीवनशैली अनुसार विधि चयन हुन्छ ।

चिकित्सा विधि र रोग– केही रोगमा शल्यक्रिया अनिवार्य हुन्छ, केहीमा प्राकृतिक वा वैकल्पिक उपचार प्रभावकारी हुन्छ । आधुनिक, परम्परागत र वैकल्पिक विधिको संयोजन गर्दा उत्कृष्ट नतिजा आउन सक्छ ।
समग्र दृष्टिकोण– आजको चिकित्सा विज्ञानले स्वीकार गरेको छ कि रोग केवल शारीरिक नभई बहुआयामिक हुन्छ । त्यसैले समग्र दृष्टिकोणले रोग, रोगी र वातावरणलाई एउटै सन्दर्भमा राख्छ । यस दृष्टिकोणमा ः
– शरीर, मन र आत्माको सामञ्जस्यलाई महत्त्व दिइन्छ ।
– जीवनशैली सुधार, मानसिक स्वास्थ्य, आहार–व्यवहारमा ध्यान दिइन्छ ।
– रोग निवारण मात्र नभई स्वास्थ्य संवद्र्धनमा जोड दिइन्छ । 

९. निष्कर्ष
रोग, रोगी र चिकित्सा विधिहरू एकअर्कासँग गहिरो सम्बन्धित छन् । रोगलाई मात्र होइन, रोगीलाई बुझ्ने चिकित्सक नै सफल हुन्छ । परम्परागत, आधुनिक र वैकल्पिक चिकित्सा विधिहरू परस्पर विरोधी नभई पूरक हुन सक्छन् । रोगको उपचारभन्दा महत्त्वपूर्ण रोगीको स्वास्थ्य, जीवनशैली र आत्मबललाई सुधार गर्नु हो । समग्र दृष्टिकोण अपनाउँदा मात्र दिगो र स्थायी स्वास्थ्य सम्भव हुन्छ । अस्तु !
मिश्र, वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.