झापाका सीमा क्षेत्रमा कारागारबाट भागेका दुईजना कैदीबन्दी पक्राउ

झापाका सीमा क्षेत्रमा कारागारबाट भागेका दुईजना कैदीबन्दी पक्राउ
सुन्नुहोस्

झापा : झापाका सीमावर्ती क्षेत्रमा कारागारबाट भागेका दुईजना कैदीबन्दी पक्राउ परेका छन्। लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौंस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन पक्राउ परेकी हुन्।

गएराति ११:१५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा खातुनलाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ। जेनजीको आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट भदौ २४ गते फरार भएकी थिइन्। 

त्यस्तै काठमाडौंको कारागारबाट फरार भएका अर्को एक युवक भारतीय सीमा क्षेत्रमा पक्राउ परेका छन्। बुधवार राति करिब १० बजे भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले काठमाडौंको कारागारबाट भागेर आएका मोरङ विराटनगर ३ का सुरज कामतलाई पक्राउ गरेको छ। 

मोरङको आमवारी हुँदै ई–रिक्सा र पैदल उनी भारतीय सीमामा प्रवेश गरेका थिए। लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए। बिहीबार कैदी कामतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.