महामन्त्री थापाले भने– अनुहारमा लागेको दाग ऐना पुछेर सफा हुँदैन

ʻनयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो, केही काम गर्नुछʼ

महामन्त्री थापाले भने– अनुहारमा लागेको दाग ऐना पुछेर सफा हुँदैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेकाले ऐना पुछेर सफा नहुने बताएका छन्। शुक्रबार भिडियो सन्देशमा उनले भदौ २३ र २४ गते अकल्पनीय घटना भएको भन्दै कांग्रेस सरकारमा भएकाले सिंगो देशसँग माफी माग्नुपर्ने बताएका हुन्। 

उनले भने,ʻहाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ।ʼ

महामन्त्री थापाले भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न नसक्ने उल्लेख गरे। उनले भने, ʻहाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन। स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ।ʼ

महामन्त्री थापाले नागरिकको विश्वास किन टुट्यो भनि प्रश्न गर्दै यसबारे समीक्षा गर्नुपर्ने बताए। उनले भने,ʻखासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो। उनीहरु किन हामीहरुसँग छैनन् ?  यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो।ʼ

महामन्त्री थापाले जेनजीले माग गरेका विषय सम्बोधन गर्‍यो भने मात्रै देश अगाडि बढ्ने बताए। उनले भने, ʻअन्तरिम सरकार बनाउने कुरा छ। सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला। जेनजीले भनेको व्यक्तिको नेतृत्वमा सरकार बन्छ, तर यसलाई हामी संविधानसँग जोड्न चहान्छौँ।ʼ 

महामन्त्री थापाले जेनजीले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको भन्दै   यसका लागि वातावरण बनाइरहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.