धरान भाटभटेनीमा चार जनाको शव फेला

धरान भाटभटेनीमा चार जनाको शव फेला
सुन्नुहोस्

सुनसरी : धरानको भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुवरका अनुसार उनीहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए। 

मृत्यु भएको शव खरानी भएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। आन्दोलनका क्रममा केही व्यक्तिहरूले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै पसेर जलेका थिए। तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले बताए। 

यसअघि शुक्रबार बिहान भाटभटेनीको दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। आगजनीका कारण करिब करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौं बराबरको चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.