संसद विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण : एमाले महासचिव पोखरेल
काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले संसद विघटन विडम्बनापूर्ण भएको बताएका छन्। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्न सहमति भएपछि महासचिव पोखरेलले उक्त कुरा बताएका हुन्।
'विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,' सामाजिक सञ्जालमा उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस !